पपुवा न्युगिनी ९५ रनमै अलआउट, सन्दीपलाई ५ विकेट

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, ११ : ४५
पपुवा न्युगिनी ९५ रनमै अलआउट, सन्दीपलाई ५ विकेट

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनीले नेपाललाई मध्यम लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले ३१.५ ओभरमा १० विकेट गुमाउँदै ९५ रन बनाएको हो । 

पपुवा न्युगिनीका लागि ओपनरद्वय किप्लिन डोरिगा र हिरि हिरि सस्तैमा आउट भए । डोरिगाले २ रन र हिरिले १४ रन जोडे । कप्तान असद वालाले २० रन बनाउँदा सेसे बाउले १८ रन, चार्ल्स अमिनीले १६ रन, रिले हेकुरेले रन बनाए । 

यस्तै, चाड सोपरले ८ रन, सेमो कामियाले ० रन, काबुआ मोरियाले १ रन र  हिला वारेले ७ रन बनाए । नर्मन भानुआ भने शून्यमै आउट भए । 

नेपालका लागि बलरहरुले कसिलो बलिङ गरे । सन्दीप लामिछानेले ५ विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीले २-२ विकेट लिए । उनले यसअघि युएईविरुद्धको खेलमा ५ विकेट लिएका थिए । यस्तै, सोमपाल कामीको नाममा एक विकेट रह्यो । 

प्रतिक्रिया दिनुहोस