काठमाडौं । २३ वटा निर्णाण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा परेका छन् ।समयमै काम सम्पन्न गर्न नसकेका कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो ।कार्यालयले कालो सूचीमा परेका कम्पनीको नाम सार्वजनिक गर्दै यी कम्पनीले तोकिएको अवधिसम्म कुनै खरिदको काममा सहभागी हुन नसक्ने जनाएको छ ।
२३ कम्पनीलाई कम्तिमा एक वर्षादेखि बढीमा तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।विकास निर्माण सेवा, विजनेस नेपाल कन्सल्टेन्सी, राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र बाँकीलाई दुई, साढे एक र एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी २० निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी ६ निर्माण कम्पनी परे कालो सूचीमा