साउदीको तेल कम्पनी अरामकोले कमायो कीर्तिमानी १.६१ खर्ब डलर नाफा

सफल खबर संवाददाता

आइतबार, २८ फागुन २०७९, १६ : २४
साउदीको तेल कम्पनी अरामकोले कमायो कीर्तिमानी १.६१ खर्ब डलर नाफा

एजेन्सी । साउदी अरबको तेल कम्पनी अरामकोले सन् २०२२ मा १‍.६१ खर्ब डलरको कीर्तिमानी खुद नाफा कमाएको आइतबार जानकारी दिएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४६ प्रतिशतले वृद्धि भएको हो।

यो कीर्तिमान नाफाको कारण तेलको उच्च मूल्य, उच्च बिक्री र प्रशोधित उत्पादनको मार्जिनमा भएको बृद्धि रहेको बताइएको छ । फेब्रुअरीमा, जब तेल व्यवसायमा अन्य ठूला कम्पनीहरूले आफ्नो खाता सार्वजनिक गरे, त्यति बेला यही प्रवृत्ति देखिएको थियो।

यसमा गत वर्ष रेकर्ड नाफा घोषणा गर्ने ब्रिटिश पेट्रोलियम, एक्सन मोबिल र शेभरन जस्ता कम्पनीहरू पर्छन्। समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार युक्रेनमा रुसको आक्रमणका कारण जसरी तेलको मूल्य बढेको छ, त्यसबाट विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने कम्पनीलाई फाइदा भएको छ ।

प्रतिक्रिया दिनुहोस