काठमाडौँ । मुलुकको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै छ।
२०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी उनको आजबाट कार्यकाल सकिन लागेको हो।
यो उनको दोस्रो कार्यकालका हो। उनी यसअघि पनि ०७२ साल कात्तिक ११ गते मुलुकको दोस्रो राष्ट्रप्रमुखका रुपमा निर्वाचित भएकी हुन्।
गत फागुन २५ गते सम्पन्न निर्वाचनमार्फत मुलुकको नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।
उनी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेमवाङ्लाई भारी मतान्तरले पराजीत गर्दै विजयी भएका हुन्।
नवनिर्वाचित राष्ट्रपति पौडेलले जिम्मेवारीलाई जिम्मेवारी सुम्पिँदै वर्तमान राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन्।
सचिवालयका अनुसार उनी आज शीतलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ