काठमाडौँ । मुलुकको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै छ।
२०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी उनको आजबाट कार्यकाल सकिन लागेको हो।
यो उनको दोस्रो कार्यकालका हो। उनी यसअघि पनि ०७२ साल कात्तिक ११ गते मुलुकको दोस्रो राष्ट्रप्रमुखका रुपमा निर्वाचित भएकी हुन्।
गत फागुन २५ गते सम्पन्न निर्वाचनमार्फत मुलुकको नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।
उनी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेमवाङ्लाई भारी मतान्तरले पराजीत गर्दै विजयी भएका हुन्।
नवनिर्वाचित राष्ट्रपति पौडेलले जिम्मेवारीलाई जिम्मेवारी सुम्पिँदै वर्तमान राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन्।
सचिवालयका अनुसार उनी आज शीतलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति बौद्धमा, विश्वशान्तिको कामना गर्दै उडाए परेवा
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
राष्ट्रपति र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त