लमजुङ । बुधबार मनाङको चामेमा बर्षकै पहिलो हिमपात भयो । तर नासो गाउँपालिकामा भने अहिलेसम्म हिमपात भएको छ। फागुन अन्तिमतिर मनाङमा प्रायः हिउँ पर्दैन ।
गत असोजमै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्रमा परेको हिउँ जम्न पनि पाएन । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेका अनुसार यो सिजनमा सदरमुकाम चामेमा पहिलोपटक बुधवार हिमपात भयो । ‘विगतमा हिउँ परेर सडक नै अवरुद्ध भएर वारपार गर्न सकिँदैनथ्यो भन्ने सुनिन्थ्यो ।
यसवर्ष पुस माघमा हिउँ परेन । अहिले परेको हिउँ पनि सवै बिलायो,’ उनले भने । उनका अनुसार चामे गाउँपालिका–१ तिमाङ सम्ममात्रै हिमपात भयो । नासों गाउँपालिकाको मानववस्तीमा यसवर्ष हिमपात भएन । ‘अहिले चिसो कम हुँदै र तापक्रम बढ्दै गएर पनि होला । हिउँ जमेको छैन । जमिनमा भने सिँचाइ भयो’ उनले भने । बेमौसमी हिमपातले किसान भने खुशी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति
मनाङमा रैथाने बाली उत्पादन घट्दै
मनाङमा ४६ विद्यार्थीले एसइई दिने
मनाङ केन्द्रबिन्दु भएर भूकम्प
चौध करोड लागतमा मनाङमा पुल बन्दै
मनाङमा पहिलो हिमपात