निकासका लागि सबै दल एक ठाउँमा उभिन सक्नुपर्छ : सुवास नेम्वाङ

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, १० : ४६
निकासका लागि सबै दल एक ठाउँमा उभिन सक्नुपर्छ : सुवास नेम्वाङ

काठमाडाैं  । नेकपा (एमाले) बाट राष्ट्रपतिको उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङले देश र जनताका हितका लागि भए पनि सबै दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचनका लागि मतदान गरेपछि संसद परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।देश र जनताका अगाडि ठूलो चुनौती रहेकाले सबै एक भएमात्र देशले निकास पाउने उनले बताए ।

नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रपति निर्वाचनका लागि मतदान प्रक्रिया जारी छ । दिउँसो ३ बजेसम्म मतदान जारी रहने निर्वाचन कार्यतालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस