प्रधानमन्त्री प्रचण्डसँग ‘विप्लव’ र ‘प्रकाण्ड’को भेट

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, ११ : २५
प्रधानमन्त्री प्रचण्डसँग ‘विप्लव’ र ‘प्रकाण्ड’को भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले भेटवार्ता गरेका छन् ।

नेकपाका दुई नेताहरुले बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा उनीहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।

विप्लवले प्रधानमन्त्रीसामू बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेको बताइएको छ ।उनले सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने माग राखेका थिए । विप्लवको मागमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ दिएको बुझिएको छ ।

त्यस्तै प्रचण्डविरु सर्वोच्चमाा दर्ता भएको मुद्दाका विषयमा पनि छलफल भएको बताइएको छ । बुधबार पनि प्रधानमन्त्री निवासमा माओवादी पृष्ठभूमीका ८ दलहरुको संयुक्त भेला भएको थियो ।

प्रचण्डविरुद्धको मुद्धामा माओवादी पृष्ठभूमीका दलहरु एकाबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस