काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सोमबार रातिदेखि आचारसंहिता लागू भएको छ । सोमबार रातिदेखि आचारसंहिता लागू भएपछि अब कसैले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर उनीहरुले अब औपचारिक निर्णय सार्वजनिक गर्न नपाउने सूचना अधिकारी तथा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।
उनले भने, ‘पार्टीगतरुपमा आन्तरिक बैठक हुनु, छलफल हुनु छुट्टै कुरा हो । तर सार्वजनिक रूपमा कसैको पक्षधरता देखाएर सूचना प्रवाह गर्न पाइदैन् ।’आचारसंहिता अनुसार उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट मत माग्न पाइँदैन । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरण पालना गर्नरगराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका केही साना पार्टीले अहिलेसम्म कसलाई मत दिने भनेर कित्ता क्लियर गरेको अवस्था छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ फागुन २०७९, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा