एजेन्सी । बंगलादेशको चट्गाउँ नजिक एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने स्थानमा रहेको अक्सिजन प्लान्टमा स्थानीय समयअनुसार शनिबार अपराह्न करिब साढे ४ बजे विस्फोट भएको थियो ।
विस्फोटपछि प्लान्टमा आगो लागेको थियो । अग्नि नियन्त्रक टोलीले गएराति आठ बजेतिर मात्र आगो नियन्त्रणमा लिन सकेको थियो । खोज तथा उद्धारको काम भने राति अबेरसम्म पनि जारी थियो ।
समाचार एजेन्सी रोयटर्सले विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरी अधिकृतहरुले २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् । घटनाबारे पीडित परिवारलाई जानकारी दिन स्थानीय प्रशासनले सूचना केन्द्र स्थापना गरेको छ ।
सन् २०२२ को ४ जूनमा बंगलादेशमा अक्सिजन प्लान्ट नजिकको बीएम कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ फागुन २०७९, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाइजेरियाको ग्यास खानीमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु
मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ज्योति डिस्टिलरीमा विस्फोट, एकको मृत्यु, ६ कामदार घाइते
बंगलादेशमा चर्चनजिकै बम विस्फोट, एक जनाको मृत्यु