काभ्रे। सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क स्टिकर छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क छाप्न निर्देशन दिएकी हुन् ।
एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले बताइन् । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने उनको भनाइ थियो ।
सेक्युरिटी प्रिन्टिङ प्रेसबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समय पछि बैंक नोटसमेत छाप्ने योजना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल भन्छन् : नयाँ दिन, नयाँ सुरुवात! गन्तव्य तय हुँदै छ
सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला : सञ्चारमन्त्री खरेल
‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री
राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल