एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल म्याड्रिडलाई हराएको छ । एडर मिलिसाओले आत्मघाती गोल गरेपछि ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो।
सान्टियागो बर्नबेउमा बिहीबार राति खेलको २६ औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका थिए। पाब्लो गाभीको पासमा फ्रान्क केसीको प्रहार मिलिसाओलाई लाग्दै गोलमा परिणत भएका थियो।
एक गोलले पछि परेको घरेलु टोली रियलले त्यसपछि ६५ प्रतिशत बल पोसेसन राख्दै क्याटलान क्लब बार्सिलोनामाथि दवाव बढाए पनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
यो जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ। रियललाई फाइनल पुग्न जित निकाल्नुपर्नेछ। दोस्रो लेग आगामी अप्रिल ५ मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्लोरेनले आत्मघाती गोल गर्दा बार्सिलोनालाई राहत
बार्सिलोना बन्यो स्पेनिस ला-लिगा च्याम्पियन
क्लब छाड्दै बार्सिलोनाका कप्तान बुस्केट्स
मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास
स्पेनिश लिगमा बार्सिलोनाको सहज जीत
आत्मघाती गोलका बाबजुद बार्सिलोनाको जीत