नेपालमा महिला सहभागिता गर्ब लायक : उपसभामुख रानामगर

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, १४ : १७
नेपालमा महिला सहभागिता गर्ब लायक : उपसभामुख रानामगर

झापा । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्ब लायक रहेको बताएकी छन् ।

झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उनले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन् । 

“धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ”, उनले भनिन्, “नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पु-याउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस