काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको प्रदेश १ समिति पुनर्गठन भएको छ । आज बसेको पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको जसपाले जनाएको छ । समितिको उपाध्यक्षहरुमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई छन् भने मुख्यसचिवमा घनश्याम कटुवाल चयन भएका छन् ।समितिको सचिवहरुमा घनराज सुब्बा, हस्तशोभा राई, शान्ता घतानी, तेजमाया दुमी, सुब्बालाल मेहता र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।
बैठकले प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रदेश इन्चार्ज समेत रहेका कार्यकारिणी समिति सदस्य रकम चेम्जाङ, अध्यक्ष दीपक याक्खा र मुख्य सचिव घनश्याम कटुवाललाई जिम्मेवारी दिएको छ ।पार्टी संगठनलाई व्यवस्थित गर्न जिल्ला र १४ वटै जिल्ला अन्तर्गतका पालिका स्तरीय समितिहरुलाई आवश्यक्ता अनुसार गठन, पुनर्गठन गर्न गराउन पनि बैठकले पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ ।
आसन्न स्ववियु निर्वाचनका सन्दर्भमा प्रदेशभित्रका सबै विश्वविद्यालय तथा क्याम्पसहरुमा पार्टी सम्बद्ध विद्यार्थी संगठनलाई सक्रिय बनाई आवश्यक समन्वय गर्न गणेश राईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जसपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै