प्रदेश–१ को नामसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेस गरिँदै

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, ११ : ०१
प्रदेश–१ को नामसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेस गरिँदै

विराटनगर । प्रदेश नम्बर–१ को नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको आज बस्ने बैठकमा प्रस्तुत गरिने भएको छ । दलहरूबीच भएको सहमतिअनुसार नामसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरिनेछ । प्रदेशसभा बैठक अहिले बिहान ११ बजे बस्दै छ ।

प्रदेश–१ प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले नामसम्बन्धी प्रस्ताव लैजाने तय भएको बताए । तर, कुनै एउटा नामका विषयमा दलहरूबीच छलफल नभएको उनले जानकारी दिए । “हाम्रो दलमा पनि यो अथवा त्यो कुन नाम राख्ने भन्ने विषयमा छलफल भएको छैन,” उनले भने, “हामी पनि आजै दलको बैठक राख्दै छौँ ।”

प्रदेशको नाम भूगोल वा पहिचान केको आधारमा राख्ने भन्नेमा विवाद छ । नामकरणका लागि ९३ मध्ये कम्तीमा ६३ सांसदको समर्थन अर्थात् दुईतिहाइ बहुमत चाहिन्छ । प्रदेशको नाम कोसी, किराँत, लिम्बुवान, विराट राख्ने विषयमा दलपिच्छे फरक मत छ ।

प्रतिक्रिया दिनुहोस