केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो !

पत्रपत्रिकाबाट

विहीबार, २८ असार २०७५, ०८ : ४०
केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो !

१२ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई लिन बुधबार काठमाडौंबाट चिकित्सकसहितको टोली जुम्ला जाने तयारी भयो ।

सेनाको हेलिकोप्टर जाने व्यवस्था मिलिसकेको थियो । तर, उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकियो । आफू काठमाडौं नफर्किने जवाफ डा. केसीले फोनबाटै दिएपछि चिकित्सकसहितको टोली रोकिएको हो ।

नेपाल चिकित्सक संघका पदाधिकारीलाई केसीले यस्तो जवाफ दिएका हुन् । ‘केसीले भेट्न मात्रै आउनू, लिन नआउनू भनेपछि हामी जानुको कुनै अर्थ र औचित्य थिएन,’ संघका महासचिव डा. लोचन कार्कीले भने, ‘उनलाई काठमाडौं ल्याएरै जीवनरक्षा गर्ने र मागबारे कुरा गर्ने योजना सरकारको भए पनि उनले नआउने अडान लिएपछि हामी पनि सरकारको आग्रह नकार्न बाध्य भयौँ ।’
 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनअनुसार नेपाल चिकित्सक संघका पदाधिकारी र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह हेलिकोप्टरमा जुम्ला जाने तयारी थियो ।,यो खबर आजको नयाँ पत्रिकमा छ  ।

प्रतिक्रिया दिनुहोस