पारिवारिक भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र भारतमा

सफल खबर संवाददाता

मंगलबार, १६ फागुन २०७९, १६ : ४५
पारिवारिक भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र भारतमा

काठमाडौँ । पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन् । उनी पत्नी तथा पुर्वरानीकोमल र परिवारका केही सदस्यसमेत लिएर भारत भ्रमणमा गएका हुन् । 

पूर्वराजाका संवाद सचिव फणि पाठकले सोमबार पूर्वराजा भारत भ्रमणमा गएको बताएपनि भारतमा के–कस्तो कार्यक्रम रहेकोबारे आफूलाई थाहा नभएको बताए । 

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित झापामा आयोजित एक औपचारिक कार्यक्रममा देखिएका थिए । त्यहाँ उनी दुर्गा प्रसाईँले सुरु गरेको अभियानमा सहभागी हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस