मन्त्री बोलाएर प्रधानमन्त्री ओलीले भने : सिन्डिकेट अन्त्य गर्नु

पत्रपत्रिकाबाट

विहीबार, २८ असार २०७५, ०८ : ००
मन्त्री बोलाएर प्रधानमन्त्री ओलीले भने : सिन्डिकेट अन्त्य गर्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई सार्वजनिक यातायातमा सिन्डिकेट पुर्ण रुपमा अन्त्य गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार कार्यालयमा बोलाएर सिन्डिकेट अन्तय गर्न चलिएका कदम प्रभावकारी हुन नसकेकोमा असन्तुष्टि जनाउँदै त्यस्ता कदम फितलो नबनाउनसमेत मन्त्री महाासेठ र सचिव अधिकारीलाई सचेत गराए ।

सञ्चारमाध्यममा मन्त्री महासेठसहित केही वरिष्ठ सरकारी अधिकारीले नै सिन्डिकेट ब्युँताउने कसरत गरिरहेके समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले दुवैलाई डोकेका थिए ।, आजको अन्नपुर्णपोष्टको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस