सर्वाेच्चले सन्दीपलाई दियो विदेश जाने अनुमति

सफल खबर संवाददाता

सोमबार, १५ फागुन २०७९, १८ : ४१
सर्वाेच्चले सन्दीपलाई दियो विदेश जाने अनुमति

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी आरोपमा मुद्धा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने विदेश जान पाउने भएका छन् । सन्दीपले क्रिकेट खेल्नका लागि विदेश जान पाऊँ भन्दै दिएको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।

महान्यायाधीवक्ताको कार्यालयले सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवेदन दायर गरेपनि सर्वाेच्चले सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको छ ।

यसअघि उच्च अदालत पाटनले सन्दीपलाई उपत्यका छाड्न परे जानकारी गराउन र विदेश जान रोक लगासँगै २० लाख धरौटी बुझाएर जेलमुक्त गराएको थियो। साथै, सन्दीपविरूद्ध जिल्ला अदालत काठमाडौंमा लागेको मुद्धा भने विचाराधीन छ।

उच्च अदालतको उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले विभिन्न त्रुटीहरुसमेत औँल्याएर सन्दीपलाई थुनामै राखेर अनुसन्धान गर्न माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस