इटाली डुङ्गा दुर्घटना, मृत्यु हुने आप्रवासीको सङ्ख्या ५९ पुग्यो

एजेन्सी

सोमबार, १५ फागुन २०७९, ०९ : ५५
इटाली डुङ्गा दुर्घटना, मृत्यु हुने आप्रवासीको सङ्ख्या ५९ पुग्यो

फाईल तस्वीर

एजेन्सी । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ५९ जना आप्रवासीको मृत्यु भएको पुष्टि क्यालाब्रिया नगरका नगर प्रमुखले पुष्टि गरेका छन् । 

क्यालाब्रिया नगरका नगर प्रमुखभिन्सेन्जो भोसले उद्धारकर्मीहरूलाई उद्धृत गर्दै स्काई टीजी–२४ टेलिभिजन च्यानलसँग भने, “डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार रहेका र मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको पुष्टि भएको छ ।” 

यसअघि, क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भने, “बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन् । अझै धेरै समुद्रमा हराइरहेका छन् ।” यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ ।

इटालियाली सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा स्थानीय समय अनुसार आइतबार बिहान करिब ४ः०० बजे डुङ्गा डुबेको थियो ।

प्रतिक्रिया दिनुहोस