चुनाव जितेपछि पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय केन्द्रीय भेला (फोटोफिचर)

सोमबार, ०३ पुस २०७४, १३ : ५५
चुनाव जितेपछि पेरिसडाँडामा  माओवादी केन्द्रको केन्द्रीय  केन्द्रीय भेला (फोटोफिचर)

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न बैठक बसेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
नेकपा (एमाले)सँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको भुसालको भनाई छ ।
यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस