राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री दाहाल सकारात्मक : कांग्रेस प्रवक्ता महत

सफल खबर संवाददाता

शुक्रबार, १२ फागुन २०७९, १६ : २२
राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री दाहाल सकारात्मक : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांंग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांंग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिनुभएको बताएका छन ।

शुक्रवार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा। महतले प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरे । सांसद महतले राष्ट्रपतिको निर्वाचनमा काँंग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताए ।

उनले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु पनि सकारात्मक रहेको उल्लेख गरे । उनले आज साँझ बस्ने चार दलीय बैठकले सो निर्णइ गर्नेपनि बताए । उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिका लागि योग्य भएको पनि बताए ।

उनले भने, ‘माधवजी राष्ट्रपति पदको लागि अत्यन्त योग्य नेता पनि हुनुहुन्छ तर हामीले अहिले के भनेका छौँ भने नेपाली काँग्रेसबाट नै राष्ट्रपति बन्नुपर्छ भनेर भन्दै आएका छौँ  । त्यसमा उनको सहयोगको अपेक्षा गरेका छौँ ।’ सांसद महतले संविधानको रक्षाका लागि नेपाली काँग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस