दलहरु एकीकृत भएर लोकतन्त्र बचाउन अघि सर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०८२, ११ : २५
दलहरु एकीकृत भएर लोकतन्त्र बचाउन अघि सर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीहरु एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्नुपर्ने बताएका छन् ।

लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सक्रिय रहेको भन्दै उनले दलहरुको जागरुकता र एकतामा जोड दिएका हुन् ।

आइतबार बिहान महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्ने छौं । हामीमा भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गर्नेछौं ।’

पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको बताउँदै उनले भने, ‘हामी पुन: जागरुक भएर उठ्ने छौं ।’

प्रतिक्रिया दिनुहोस