सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

सफल खबर संवाददाता

सोमबार, ०८ फागुन २०७९, १९ : ५१
सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार दज्र्यानी चिन्ह प्रदान गरेका छन् । 

दज्र्यानी चिन्हबाट शुसोभित हुने बरिष्ठ अधिकृतहरुमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा छन् । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्दै बढुवासंगै बढेको पदिय जिम्मेवारीलाई अझबढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए । 

 अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिए । 

उनले बढुवा भएका अधिकृतहरुलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिईएको बताउँदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचको रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नती भएकोले यो एउटा ऐतिहासिक पदोन्नती भएको उल्लेख गरे । 

अर्यालले जहाँ जुन जिम्मेवारीमा रहेपनि त्यहाँ संगठनसंग सम्बन्धित हरेक पक्षहरुमा पथ प्रदर्शक र रोलमोडल बन्नु पर्ने उल्लेख गर्दै संगठनले बिभिन्न पक्षहरुमा सुधारको योजनाहरु अघि सारेको र यस्ता योजनाहरु प्रभावकारी रुपमा गराउन सकल दर्जाका राष्ट्रसेवकहरुलाई निर्देशन दिए ।
 

प्रतिक्रिया दिनुहोस