स्कटल्याण्डविरूद्ध टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०५ फागुन २०७९, ०८ : २६
स्कटल्याण्डविरूद्ध टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा ९ बजेबाट सुरू हुने खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ।

नेपालले नामिबियाको खेलबाट ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको हो। टोलीमा अन्य कुनै परिवर्तन नभएको कप्तान रोहित पौडेलले जानकारी दिए।

नेपालको प्लेइङ ११
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल -कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।

राजधानीमा जारी आईसीसी विश्व क्रिकेट लिग टू सिरिजमा घरेलु टोली नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। आफ्ना अन्तिम तीन खेल अगाडि नै च्याम्पियन भइसकेको स्कटल्याण्ड र घरेलु भूमिमा लगातार दोस्रो जित खोजिरहेको नेपालबीच बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरू हुनेछ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा नामिबियामाथि कीर्तिमानी जित निकालेको थियो। घरेलु मैदान र समर्थकको साथ रहेको नेपालले दोस्रो खेलमा पनि लय समात्ने प्रयासमा हुनेछ। कप्तान रोहित पौडेलले नामिबियाको खेलबाट प्राप्त आत्मविश्वास र उर्जालाई स्कटल्याण्डविरूद्ध प्रयोग गर्ने बताए।

पहिलो खेलमा नामिबियाविरुद्ध सानदार प्रदर्शन गरेको नेपालको असली परिक्षा आज हुनेछ। स्कटल्यान्डको बलिङ र ब्याटिङ दुबै विश्वस्तरिय रहेको छ। नामिबियालाई हराउन ओपनर कुशल भुर्तेलले १ सय १५ र कप्तान रोहित पौडेलले ७२ रनको इनिङ खेलेका थिए।

प्रतिक्रिया दिनुहोस