भरतपुर सधैँ एक नम्बर, वित्त आयोगको प्रतिवेदनमा सर्वोत्कृष्ट

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, २० : ०६
भरतपुर सधैँ एक नम्बर, वित्त आयोगको प्रतिवेदनमा सर्वोत्कृष्ट

चितवन । भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट घोषित भएको छ ।

वित्त आयोगको प्रतिवेदनमा महानगरपालिका ७२. २२ अंकका साथ सर्वोत्कृष्ट भएको हो । 

आयोगले आर्थिक वर्ष २०८०–८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

जसअनुसार भरतपुरले ७२.२२, विराटनगरले ५९.२४, ललितपुरले ५८.४३ अंक पाउँदा काठमाडौं महानगरपालिकाले ५६.५२ अंक पाएको छ । 

यस्तै वीरगञ्जले ५३.२३, पोखराले ४८.६६ अंक पाएका छन् । यस्तै चितवनका राप्ती नगरपालिकाले ७०.८८, कालिका नगरपालिकाले ५६.७५, इच्छाकामना गाउँपालिकाले ५९.५१, रत्ननगर नगरपालिकले ५७.६३, खैरहनी नगरपालिकाले ५५.८३ र माडी नगरपालिकाले ६०.१५  अंक पाएका छन् । 

भरतपुरमा रेनु दाहाल दुई कार्यकाल मेयर हुँदा विकासको गति तीव्र बनेको छ भने कार्यसम्पादन मूल्यांकनमा समेत सर्वोत्कृष्ट भएको हो।

प्रतिक्रिया दिनुहोस