नवलपरासीमा ७ महिनामा १० हजारले लिए राहदानी

रासस

सोमबार, ०१ फागुन २०७९, १३ : ००
नवलपरासीमा ७ महिनामा १० हजारले लिए राहदानी

 नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)बाट चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् ।

रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको र करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेका तथ्याङ्क सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस