गृहमन्त्रीको छिटै टुंगो लाग्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, २९ माघ २०७९, २० : २३
गृहमन्त्रीको छिटै टुंगो लाग्छ : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले केही दिनमै गृहमन्त्रीको टुङ्गो लाग्ने बताएका छन् ।आइतबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको राजनीतिक कामको व्यस्तताका कारण गृहमन्त्री नियुक्तिमा ढिलो भएको बताए ।

माअ‍ोवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुने बताए । ‘प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा एक प्रकारको राष्ट्रिय सहमति नै देखापर्‍यो, त्यही आधारमा सबै पक्ष मिलाएर सबैको सहमतिमा राष्ट्रपतिको निर्णय गर्नु उपयुक्त हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस