संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित : राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, १५ : ३०
संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित  : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको बताएकी छिन् । शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्तिपूर्ण भूमिका खेल्ने नेपाल सरकार निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी तथा जनताहरुलाई धन्यवाद दिइन् ।  

उनले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्वपूर्ण रहेको बताउँदै संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको उल्लेख गरिन् ।  उनले भनिन्– ‘संविधान कार्यान्वयन, संघीय शासन व्यवस्था कार्यान्वयन र सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढिकरणका लागि हामीले अवलम्बन गरेका नीति निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ । देशलाई यहाँसम्म ल्याइपुर्याउन जनताले विगतमा गरेको राजनीतिक संर्घषको स्मरण गर्दै यस घडीमा अग्रजहरुप्रति सम्मान र अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु ।’

उनले अघिल्लो संघीय संसद र हालको संघीय संसदले आफूलाई काम गर्न सहयोग गरेकोमा धन्यवाद समेत ब्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस