काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिसमेतलाई पूर्णता दिएको हो ।
माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् । यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् ।
माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको पनि जनाइएको छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताहरुको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको स्रोतले बतायो ।
माओवादी केन्द्रका नेता गणेश साहले पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताएको पुष्टि गरे । तर, सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको उनको भनाइ छ । अर्का एक नेताले प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्य सहित सबै नेताहरुको जिम्मेवारी तोक्दा एकपद एक कार्यकारी जिम्मेवारीमा जोड दिने हालै सम्पन्न स्थायी कमिटी बैठकले तय गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेसपा एकता पश्चात १५ जना वैकल्पिक केन्द्रीय सदस्य समायोजन
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने