काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गरिने भएको छ । माओवादी केन्द्रले विद्यार्थी मोर्चामा समस्या देखिएको भन्दै त्यसलाई हल गर्न पञ्चा सिंह नेतृत्वको कार्यसमितिलाई विघटन गर्ने भएको हो ।
माओवादी केन्द्रका एक नेताले छिट्टै बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियू. चुनावमा लाग्ने हालै सम्पन्न स्थायी कमिटी बैठकले निर्णय गरेको बताए ।
स्ववियू चुनाव पछाडी राष्ट्रिय सम्मेलन गर्ने तथा समानान्तर संगठन र गतिविधि गर्न रोक लगाइएको उनले बताए । हाल पवन कार्की समूहले सिंहको नेतृत्वलाई अस्वीकार गर्दै समानान्तर गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन