एजेन्सी। टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७.८ म्याग्नीच्युडको सो भुकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।
मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भुकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ ।
टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।
उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ माघ २०७९, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प
जापानमा गयाे भुकम्प, माैसम बिभागले दियाे सुनामीकाे चेतावनी
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, केही घरमा क्षति
चितवनमा भूकम्पको धक्का महशुस
टर्कीमा भुकम्पको धक्का, केही भवनहरु भत्किए