धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले सोमबार कैलालीमा कान्तिपुर दैनिक पत्रिका जलाएका छन्।
कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज बिहान लामिछानेका समर्थकहरुले केही युवाहरूले कान्तिपुरको विरोध स्वरुप पत्रिका जलाएका हुन्। कान्तिपुरले लामिछानेविरुद्ध समाचार लेख्दै आएको भन्दै उनीहरूले सो पत्रिका जलाएको बताएका छन्। आइतबार पत्रकार सम्मेलनमार्फत लामिछानेले नेपाली मिडियामाथि असन्तुष्टि जनाएका थिए।
मिडियाले आफूमाथि गलत भूमिका खेलेको दाबी गर्दै रविले मिडिया र त्यसका सम्पादकहरूको नामै किटान गरी त्यसको विरोध गरेका थिए। उनले केही मिडियाको विरोध गरेकै कारण उनका समर्थकले पत्रिका जलाएका हुन्। यद्यपि, आज कैलालीमा जलाइएको पत्रिका कान्तिपुरद्वारा प्रकाशित आजको संस्करण भने होइन।
कान्तिपुरले आजको संस्करणमा ‘रविले देखाए वास्तविक छवि’ हेढलाइनमा समाचार लेखेको छ। जसमा मिडियाले रविलाई गरेका सबै प्रश्नहरू राख्दै ती प्रश्न तथ्यपरक भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ माघ २०७९, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटे
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन