काठमाडौं । नेकपा एकीकृत समाजवादीले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव गरिएको र उक्त प्रस्ताव पारित हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै बैठकले शान्ति र स्थायित्वका लागि भुमिका सक्दो भुमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अद्धि बढ्ने निर्णय गर्ने नेता खतिवडाले बताए ।
बैठको समापन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीले समाजवादको झण्डा बुलन्द गरेको भन्दै पार्टी समाजवादी बाटोबाट बाहिर नजाने बताए ।
‘जनताको समस्या कसरी सम्बोधन गर्ने भनेर प्रस्ट दृष्टिकोणका साथ जान्छौ’, अध्यक्ष नेपालको भनाइ छ ।
उनले गत निर्वाचनमा पार्टीले नौ लाख मत पाएको भनेपनि वास्तविक मत ५,६ लाखमात्रै रहेको आफुले अहिले थाहा पाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ माघ २०७९, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय