काठमाडौँ । सरकारबाट बाहिरिने निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी पासपोर्ट लिँदालिँदै नेपाली पासपोर्ट लिएको स्वीकार गरेका छन्।
उनले अमेरिकी पासपोर्ट फिर्ता गर्ने क्रममै रहँदा नेपाली पासपोर्ट लिएको स्वीकार गरे पनि यसलाई अपराधका रुपमा मान्न चाहेनन्। ‘मेरो अपराध के हो?’ उनले पत्रकार सम्मेलनका क्रममा भने।
रास्वपाको आइतबार भएको केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेले देखिने कुरा र देखाइएको कुरामा आकाश जमिनको फरक हुने उल्लेख गर्दै अमेरिकी पासपोर्टभन्दा अगाडि नै नेपाली पासपोर्ट लिए पनि त्यसलाई सदुपयोग, दुरुपयोग वा उपयोग नगरेको बताए।
उनले आफू सधैँ घेराबन्दीमा परिरहेको बताए। ‘टेलिभिजनमा कार्यक्रम गर्दादेखि अहिलेसम्म नै म घेराबन्दीमा परिरहेँ,’ उनले कार्यक्रममा भने।
उनले सबैभन्दा लामो कार्यक्रम गर्ने क्रममा नेपाली मिडियाहरुले आफूला वास्ता नगर्दा चित्त दुखेको पनि बताए।‘आमाको काखमा फर्केको छोराले प्रक्रियाहरु पुर्याउनु पर्छ भन्ने मैले सोचिनँ,’ उनले भने।
उनले अमेरिकी पासपोर्ट बुझाउनुभन्दा अघि नै नेपाली पासपोर्ट लिएको उनले स्वीकार गरे। ‘मैले त्यसको सदुपयोग, दुरुपयोग वा उपयोग केही पनि गरेको छैन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ माघ २०७९, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटे
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन