काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्न लागेका छन् । आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु’, लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनल सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘सिधाकुरा नगरेको धेरै भएछ।’
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।
यसअघि शनिबार बसेको बैठक निष्कर्षविहीन बन्दै आजका लागि सारिएको थियो । रास्वपाले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ भने त्यो दिन प्रधानमन्त्री सकारात्मक नभएपछि सो पार्टी असन्तुष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ माघ २०७९, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटे
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन