काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्न लागेका छन् । आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु’, लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनल सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘सिधाकुरा नगरेको धेरै भएछ।’
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।
यसअघि शनिबार बसेको बैठक निष्कर्षविहीन बन्दै आजका लागि सारिएको थियो । रास्वपाले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ भने त्यो दिन प्रधानमन्त्री सकारात्मक नभएपछि सो पार्टी असन्तुष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ माघ २०७९, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि