आफूलाई ‘स्वतः विजयी घोषित’ गर्न माग राख्न निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, २२ माघ २०७९, ०९ : २०
आफूलाई ‘स्वतः विजयी घोषित’ गर्न माग राख्न निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ

काठमाडाैँ । चितवन- २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद् पद खारेजीपछि आफूलाई ‘स्वतः विजयी’ घोषित गर्नुपर्ने माग राख्न उनका निकटतम प्रतिष्पर्धी उमेश श्रेष्ठको आइतबार निर्वाचन आयाेग जाँदैछन्।

सर्वाेच्च अदातलले यही माघ १३ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत रहेका लामिछानेकाे नागरिकता अवैध भएकाे फैसला गरेकाे थियाे।

सर्वाेच्चकाे फैसलापछी पद तथा जिम्मेवारीबाट अलगिएका लामिछानेसँग भारी मतले पराजित भएका श्रेष्ठ जस्ताे माग राख्दै आयाेगमा निवेदन दिन जान लागेका हुन्।

चितवन- २ मा उप-निर्वाचनकाे चर्चा चलिरहेपनि यसकाे लागि समय लाग्ने भएकाले यतिबेला साे क्षेत्र सांसदविहीन छ।तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएको श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए।

लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै आफूले आइतबार निर्वाचन आयोगमा निवेदन दिने तयारी थालेकाे उनी बताउँछन्।

उनले आइतबार दिउँसो २ बजे पत्रकार सम्मेलनसमेत आयोजना गर्ने कार्यक्रम रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस