काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइने भएको छ। बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो।
अहिले उनी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन्। ‘उहाँलाई अदालतको फैसला कार्यान्वयनका लागि आज अदालत लैजान्छौं,’ डिएसपी बेदप्रकाश जोशीले भने, ‘त्यसपछि आवश्यक प्रक्रिया अगाडि बढ्छ।’ १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो।
मुद्दा परेपछि फरार रहेका कारण उनलाई ६ महिना कैद तोकिएपनि कैद भुक्तान गर्नपर्ने भएको हो। सुरुमै म्याद गुजारेका कारण अदालतले चौधरीलाई पुनरावेदनको म्याद समेत दिएको थिएन।
अब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेपनि सांसद चौधरी थुनामै बस्नुपर्नेछ। उनीहरुलाई बिगो ८ लाख १९ हजार ४ सय २३ रुपैंया भराउने फैसला भएको छ। अदालतको आदेशपछि उनलाई कुन कारागार लाने भन्ने टुंगो लाग्नेछ। चौधरीसहित पर्शुराम चौधरी र बिरबहादुर चौधरीविरुद्ध ०७० वैशाख ९ गते जनही ६ महिना कैद र उक्त बिगो भराउने फैसला भएको थियो।
कैलाली(२ बाट प्रतिनिधिसभा निर्वाचित सांसद चौधरीले उक्त फैसला भुक्तान गरेका थिएनन्। पक्राउ परेसँगै उनी सांसदबाट पनि निलम्बनमा परेका छन्।२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा महादेव बजगाईंले मुद्दा दायर गरेका थिए।
बिरबहादुर एक हप्ताअघि पक्राउ परेका थिए। नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको लागि २४ घण्टे अल्टिमेटम दिएको छ। यसअवधिमा चौधरी रिहाइ नभए आन्दोलन गर्ने उन्मुक्तिको चेतावनी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० माघ २०७९, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार १२२ कैदी काठमाडौँबाट पक्राउ
कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्
५८ कैदी बन्दी कारागार फर्किए
चितवन कारागारका ५४ कैदीबन्दी फर्किए
रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु
डडेल्धुरा कारागार तोडेर भागे ५८ कैदीबन्दी, २६ जना फेरि पक्राउ