काठमाडौं । राप्रपाले पार्टीको विधान बमोजिम पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको हो ।
यसैगरी पार्टी र सरकारकाबीचमा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गरिएको छ । यसैगरी आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गरिने पनि राप्रपाले जनाएको छ। बैठकमा विकसित राजनीतिक घटनक्रमबारे पनि छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने