काठमाडौं । राप्रपाले पार्टीको विधान बमोजिम पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको हो ।
यसैगरी पार्टी र सरकारकाबीचमा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गरिएको छ । यसैगरी आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गरिने पनि राप्रपाले जनाएको छ। बैठकमा विकसित राजनीतिक घटनक्रमबारे पनि छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्ट हुन नदिने राप्रपाको संकल्प
राप्रपाको घोषणापत्र आज सार्वजनिक हुँदै
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा