काठमाडौं। बागलुङमा एक जना पुरुषले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बुधबार बागलुङ नगरपालिका ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले घरभित्रै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।
शरीरमा पेट्रोल छर्केर आगो लगाएर घाइते भएका उनलाई उपचारका लागि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै गरेको बताइएको छ ।
घरमा कोही नभएको बेला जिसीले घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । यद्यपि, के कारणले उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे भन्नेबारे यकिन जानकारी आएको छैन । यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा एक युवकले गरे आत्मदाह
संसद् भवननजिकै आत्मदाह प्रयास गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा
शरीरमा पेट्रोल छर्केर पोखरामा एक जनाले गरे आत्मदाह
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन, गृहमन्त्री भेटने चाहना अधुरै