लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद चौधरीको माग

सफल खबर संवाददाता

बुधबार, १८ माघ २०७९, १५ : ४५
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद चौधरीको माग

काठमाडौं । प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन् ।
 
प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै पुर्व सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छिन् ।  

‘धेरै निर्दोष थारुहरुलाई फसाइएको छ, निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो तर न लाल आयोगको प्रतिवेदन सार्वजनिक भयो, न त अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बन्यो ?’ उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर वा अध्यादेशमार्फत भए पनि पुर्व सांसद चौधरीको रिहाईको माग गरेकी छिन् ।  

प्रतिक्रिया दिनुहोस