काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराज घिमिरेको वासस्थान अझै तय हुन सकेको छैन।
लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा ‘हट्नु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए । तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासबाट तिमिल्सिना नहटे पछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो ।
अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन्, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गाह्रो भइरहेको छ ।
‘पुरानो सभामुख निवासबाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौँ,’ सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने । यद्धपी, सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता