फिक्कल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन्। आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनको भनाइ छ ।
कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए। उनले भने, “हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन् । अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ ।”
नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिला म हलबाट बाहिर निस्कन्छु: महामन्त्री शर्मा
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
कांग्रेस विभाजन गर्ने सपना कसैले नदेखे हुन्छः महामन्त्री शर्मा
जेनजीका माग कांग्रेसले सम्बोधन गर्छ : महामन्त्री शर्मा
सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैनः महामन्त्री शर्मा
गणतन्त्रको विकल्प छैन: महामन्त्री शर्मा