मकवानपुरमा १३० बिघामा लगाइएको अफिम खेती प्रहरीले गर्‍यो नष्ट

सफल खबर संवाददाता

मंगलबार, १७ माघ २०७९, १४ : ०२
मकवानपुरमा १३० बिघामा लगाइएको अफिम खेती प्रहरीले गर्‍यो नष्ट

हेटौंडा । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको छ ।

माघ १४ गतेदेखि १६ गते सम्म नेपाल प्रशरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाईएको गाँजा नष्ट गरेको छ ।कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ बिघामा लगाईएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस