नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, १४ : १४
नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच

 नेपालगंज । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगंज महानगरपालिकाका ४ वटा सामुदायिक बिद्यालयमा सम्पन्न गरिएको हो ।

फुलटेक्रा माध्यामिक बिद्यालयका ४०० जना, महेन्द्र माध्यामिक बिद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक बिद्यालयका २१४ जना र धम्बोझि माध्यामिक बिद्यालयका १ हजार ८५० जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए ।

आँखा जाँच गरिएका बिद्यार्थिहरु मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना बिद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए ।बिद्यालय बढ्ने बिद्यार्थिहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा बिद्यार्थिहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका बिद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस