काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने ४ जना शहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।
उनले सोमबार शहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै यस्तो बताएका हुन। नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताए। नेपाली जनताको अधिकार प्राप्तिको संघर्षमा ४ जना शहिदको योगदानको उच्च प्रशंसा गर्न चाहाएको उनले बताए ।
शहिदहरूकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएको उनको तर्क छ । राजनीतिक संघर्षको समय सकिएर विकास र समृद्धिको समय आएको समेत जारी सन्देशमा उल्लेख गरिएको छ । सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सके मात्र शहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे