पोखरा । इलामका प्रेमप्रसाद आचार्यले काठमाडौँमा आत्मदाह गरेको घटना नसेलाउँदै पोखरामा दुई जनाले आत्मदाह प्रयास गरेका छन् ।
पोखरा महानगरपालिका— १३ मा पर्ने काहुँखोलामा २ जनाले आत्मदाह गरेको बताइएको छ । यसरी आत्मदाहको प्रयास गर्नेमा काहुँखोलाकै स्थानीय बासिन्दा संगीता सापकोटा र कृष्णबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तर उनीहरुलाई जल्दै गरेको अवस्थामा तत्कालै छिमेकीहरुले उद्धार गरेका थिए । स्थानीयका अनुसार क्षेत्रीले बाथरुमभित्र पसेर आफ्नै शरीरमा पेट्रोल हाली आगो लगाएका थिए । उनलाई जोगाउन जाँदा सापकोटाको शरीरमा पनि आगो लागेको बताइएको छ । अहिले दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
क्षेत्रीले के कारणले आगो लगाए भन्ने तथ्य खुल्न सकेको छैन । प्रहरी घटना विवरण अध्ययन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह
जेनजीको पोखरामा पनि प्रदर्शन
बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध