रौतहट । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजाको स्थानमा ठुला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको बताएका छन् । विगतमा राजा हटाउन कांग्रेस र कम्युनिस्ट नेताहरू एक ठाउँमा आए पनि अहिले अवस्था बदलिएको र नेताहरू नै शासक बनेको उनको जिकिर थियो ।
गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया स्थित विद्यालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उद्घाटन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता साहले अहिले राजाको कुर्सीमा ठुला दलका नेताहरू विराजमान भएकाले नेपाली जनता उपेक्षित भएको बताए ।
अध्यक्ष साहले ठुला पार्टीले कार्यकर्ता पाल्न देशको ढुकुटी रित्याएको आरोप पनि लगाए । जुनै सरकार फेरिए पनि यो हाम्रो सरकार हो भनेर जनतालाई अनुभूति गर्न सकेका छैनन्, जनता मालिक नभएसम्म परिवर्तनको कुनै औचित्य हुँदैन, उनले भने । देशमा सङ्घीय गणतन्त्र नामको लागि मात्र रहेको भन्दै उनले मुठीभर नेताहरूले देश लुटिरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह