चितवन-२ मा उपनिर्वाचन हुने

सफल खबर संवाददाता

शुक्रबार, १३ माघ २०७९, १९ : २१
चितवन-२ मा उपनिर्वाचन हुने

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले लामिछाने नेपाली नागरिक नभएको ठहर गरेसँगै उनकाे उम्मेदवारी र निर्वाचित भएको निर्णय खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

अदालतको फैसला आयोगमा आइसकेपछि मात्रै भन्न सकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्ने पौडेलले उनकाे भनाइ छ । 

प्रतिक्रिया दिनुहोस