काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारपनि बस्दै छ।
हिजो बिहीबारदेखि सुरु भएको पार्टीकाे स्थायी कमिटीकाे बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए।
आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी(नेसपा)सँगकाे एकताका बारेमा छलफल हुने जनाइएकाे छ।
साथै, आजकाे बैठकमा समयसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ।हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्।
प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए। आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ-आफ्नो धारणा राख्नेछन्।
यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादीलगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस