काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारपनि बस्दै छ।
हिजो बिहीबारदेखि सुरु भएको पार्टीकाे स्थायी कमिटीकाे बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए।
आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी(नेसपा)सँगकाे एकताका बारेमा छलफल हुने जनाइएकाे छ।
साथै, आजकाे बैठकमा समयसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ।हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्।
प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए। आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ-आफ्नो धारणा राख्नेछन्।
यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादीलगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था