स्ववियू चुनावका लागि अखिल क्रान्तिकारीले तोक्यो कमाण्डर

सफल खबर संवाददाता

विहीबार, १२ माघ २०७९, १४ : ३८
स्ववियू चुनावका लागि अखिल क्रान्तिकारीले तोक्यो कमाण्डर

काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) चुनाव लक्षित कार्यविभाजन गरेको छ। अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले बिना गठबन्धन स्ववियू चुनाव लड्ने निर्णय गर्दै कार्यविभाजन गरेको हो ।

आगामी ५ चैतमा हुने स्ववियू चुनावका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि प्रदेश ईन्चार्जहरु उपाध्यक्षहरुबाट पठाउने कि सचिवहरुबाट पठाउने भन्नेमा विवाद हुँदा सम्मेलन भएको लामो समयसम्म कार्यविभाजन भएको थिएन ।

पदाधिकारी बैठकबारे निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्र अनुसार प्रदेश १ को ईन्चार्ज खगेन्द्र सुवेदी तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस